विशेष टास्कमा मात्रै खटिनेछन् कास्कीमा घुमुवा प्रहरी
पाेखरा | भदौ २९, २०८०
कास्की: जिल्ला प्रहरी कार्यालय कास्की तथा मातहतका कार्यालयबाट कुनै पनि प्रहरीलाई सादा पोशाक (घुमुवा) कै जिम्मेवारी नदिने भएको छ ।
कास्की प्रहरी प्रमुखको जिम्मेवारी सम्हाल्न आइपुगेका प्रहरी उपरीक्षक मोहनकुमार थापाले केन्द्रकै निर्देशन अनुसार स्थायी रुपमै घुमुवाको (सिआइडी) जिम्मेवारी नदिने बताए ।
‘प्रहरी परिचालन कार्य निर्देशनमा पनि व्यवस्था छ । हामीले कुनै पनि कर्मचारीलाई पहिले जस्तो घुमुवा प्रहरीकै जिम्मेवारी तोक्दैनौ, एसपी थापाले सुनगाभा न्यूजसँग भने, ‘तर स्पेसल टास्क र इन्भेष्टिगेसनका लागि भने अनुभवी कर्मचारीलाई जिम्मेवारी दिनेछौं ।’
उनले केन्द्रीय निर्देशन अनुसार पद र सँगठनको दुरुपयोग हुनबाट रोक्नका लागि उक्त कार्यले सघाउ पुग्ने बताए । ‘यो कार्यले पद र सँगठनको प्रतिष्ठामा आँच आउनबाट रोक्न सघाउ पुग्नेछ,’ उनले भने ।
उनका अनुसार यसअघि जिल्ला प्रहरी कार्यालय, इलाका प्रहरी कार्यालय, डाडाँकोनाक, वडा प्रहरी कार्यालय बैदाम, वडा प्रहरी कार्यालय बगर र वडा प्रहरी कार्यालय रामबजारबाट गरी करिब २० जना प्रहरी सादा पोशाकमा खटिदै आएका थिए ।
पोखरा महानगरपालिका १ कस्केरीस्थित सेती नदीकिनारमा लागुऔषध कारोबारीलाई पक्राउ गर्न जादाँ सादा पोशाकका प्रहरीलाई देखेपछि नदीमा हाम फालेर सन्तोष तामाङ बेपत्ता भएपछि दुई घुमुवा प्रहरीलाई जिम्मेवारीबाट हटाइएको थियो ।
अब कुनै निश्चित अनुसन्धान र विशेष घटनाको सूचना संकलनका लागि मात्रै आवश्यकतानुसार सादा पोशाकमा प्रहरी कर्मचारी खटिने कास्की प्रहरीले जनाएको छ ।
चर्चित अभिनेता सुनिल थापाको निधन भएको छ। उनको शनिबार बिहान काठमाडौं थापाथलिस्थित नर्भिक अस्पतालमा निधन भएको हो। अचानक स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि अस्पताल भर्ना गरिएका थ...
पोखरा: बुद्धटोल युवा क्लबले राष्ट्रिय फुटसल खेलाडी सुबेत लामालाई सम्मान गरेको छ । पोखरा महानगरपालिका १ टुंडिखेलमा जारी ‘नवौं विरेन स्मृति एवम् १९ औं बिटी कप सेभेन ए सा...
पोखरा: सहारा क्लब पोखराको आयोजनामा हरेक वर्ष पोखरामा आयोजना हुँदै आएको आहा !रारा पोखरा गोल्ड कपको २५ औं वर्ष अर्थात् रजत वर्षको अवसरमा फोटो प्रदर्शनी गरिएको छ । नेपाल फोटो पत्र...

